Wed, 24 Apr, 2024

नया वर्ष खुशी र हर्षको साथमा

By तक्दिर बर्तौला

चैत्र ३०, २०७१ सालको अन्तिम दिन रातभर “न्यु इयर इभ” मनाउने हो भनेर बिहानै प्लान बनाए अनि तेही अनुसार सबै कामहरू पनि छिटो छिटो गरेर म ६ बजे अफिसबाट निस्किए । अब घर गएर ड्रेस फेरेर जानु पर्छ केटाहरूसँग रात भर दारू खानु पर्छ भनेर बाहिर निस्केको मात्र के थिएँ मुटु (गल्फ्रेन्ड) को फोन आयो । उता बाट मधुर स्वरमा उनले भनिन “मुटु, तिम्रो आज कतै जाने प्लान त छैन नि ?” अनि मैले भने “किन र मुटु ?” उनले भनिन “हैन के मुटु आज ‘न्यु इयर इभ’ मा तिमि र म मिलेर मनाउन भन्नलाई हो ।” अब मुटुको कुरा कसरी काट्न सक्नु, अनि भइहाल्छ नि भने । केटाहरुलाई म आउन मिलेन यार, बुडीले एक्लै हुन्छे रे अनि “न्यु इयर इभ” सँगै मनाउने भन्दै छे भनेर भने अनि चेन्ज भएको प्लान अनुसार घर गए, खाना खाए अनि मुटुको तिर हान्निएँ । उनको घर अगाडी पुगेपछी मैले उनलाई फोन गरे अनि तल आउन भने र सधै जस्तो उनले भनिन “एकछिन न मेरो मुटु, ‘फाइनल टच अप’ बाँकि नै छ ।“ १० मिनेट पछी उनि बाहिर आइन् र हामी अन्त कहाँ जानु १ घन्टा अगाडि बनाको प्लानमा भनेर वसन्तपुरतिर लाग्यौँ । रातको १२ बजे सम्म हामी घुम्यौँ, कन्सर्ट थियो त्यहाँ गयौँ, अनि १२ बजे एक-अर्कालाई नयाँ वर्षको सुभकामना आदान प्रदान गर्‍यौँ ।

नयाँ वर्ष २०७२ लाई मज्जाले स्वागत गर्‍यौँ अनि रात भर नाच्यौँ, खायौँ अनि घुम्यौँ र बिहानको ४ बजे मुटुलाई उसको घरमा छोडेर म पनि आफ्नो कोठा तिर लागेँ । यो वर्ष पनि मुटुसँगै “न्यु इयर इभ” मनाउने प्लान थियो तर अगि दिउसो मात्र हाम्रो सानो कुरामा मनमुटाव भयो र उनी मसँग रिसाएर घर गइन् । मैले फोन गरेँ, मेसेज गरेँ तर कुनै जवाफ आएन । रातको ११ बजेर ५० मिनेट गइसकेको थियो तै पनि कुनै मेसेज , फोन आएन तर ११ बजेर ५३ मिनेट मा फोनको रिङ् बज्यो । म एकदम खुसी भएँ किनाकी त्यो मेरो मुटुको फोन थियो । उनले ‘आइ एम सरी’ भन्दै नयाँ वर्षको सुभकामना दिइन् र यसपाली पनि पोहोर सालको जसरिनै नयाँ वर्ष मनाउने प्रस्ताव राखिन् र मैले हवस् भने अनि रातको १२ बजे मुटुको तिर लागे नयाँ वर्ष मनाउन । यसरी नै तपाईछहरूको पनि नयाँ वर्ष आफुले चाहेको मानिससँग वा साथीहरूसँग वा घर परिवारसँग बसेर मनाउनुहोस्, रमाइलो गरेर नयाँ वर्षलाई स्वागत गर्नुहोस् । तपाईँहरूको नयाँ वर्ष पनि शुभरहोस्, हरेक पाइलाले सफलताको शिखर चुमुन्, हाँसो अनि खुसीले तपाईँको जीवन तृप्तहोस् । यो नयाँ वर्षको तपाईँहरुलाई मेरो शुभकामना ।